ad ad

समाज


आरडीटी रिपोर्ट पोजिटिभ देखिएका सुदूरपश्चिमका १६ जनाको पीसीआर नेगेटिभ

आरडीटी रिपोर्ट पोजिटिभ देखिएका सुदूरपश्चिमका १६ जनाको पीसीआर नेगेटिभ

गोकुल जोशी
जेठ ११, २०७७ आइतबार ६:५५,

र्‍यापिड डाइग्नस्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्नामा गरिएका १६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

भारतबाट उद्धार गरी नाका प्रवेश गराउने क्रममा कैलालीको गौरीफन्टा नाकामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका ११ जना र कोरोनाको जस्तै लक्षण देखिएका पाँच जनालाई जेठ ८ गते सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

धनगढीस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएकाले आइसोलेसनबाट आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार आइसोलेसनमा रहेको दुई जनाको पीसीआर रिपोर्ट मात्र आउन बाँकी छ।

‘१६ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी गरिरहेका छौँ, आइसोलेसनमा रहेका अन्य २ जनाको रिपोर्टको आज दिउँसोसम्म आउँन सक्छ’, उनले भने। कोरोना आशंकामा आइसोलेसनमा भर्ना भएका धनगढी उपमहानगरपालिका तीन जना, बैतडीका पाँच जना, डोटीका दुई जना, अछामका दुईजना, डडेल्धुराका एक, कञ्चनपुरका एक जना र बझाङका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।

भारतबाट आएका शिवनाथ गाउँपालिकाका चार जनामा शनिबार कोरोना संक्रमण देखिएसंगै सुदूरपश्चिममा संक्रमित संख्या १४ पुगेको छ। तीमध्ये कैलालीका चार र कञ्चनपुरका एक गरी पाँच जना निको भएर घर फर्किसकेका छन्।

सेती प्रादेशिक अस्पतालमा चार जना, टिकापुर अस्पताल कैलालीमा तीन जना, जिल्ला अस्पताल बैतडीमा एक र डडेल्धुरा अस्पतालमा एक जना गरी सुदूरपश्चिमका कोरोना संक्रमितको अहिले चार वटा अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .