ad ad

समाज


टोखामा एकाबिहानै ठोक्किए २ मोटरसाइकल, दुवै चालकको मृत्यु

टोखामा एकाबिहानै ठोक्किए २ मोटरसाइकल, दुवै चालकको मृत्यु

नेपालखबर
जेठ ११, २०७७ आइतबार ३:२३,

काठमाडौंको टोखामा आज (आइतबार) बिहानै आपसमा दुई मोटरसाइकल ठोक्किएका छन्। दुर्घटनामा दुवै चालकको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएका छन्।

महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी उमेश लम्सालले नेपालखबरलाई दिएको जानकारीअनुसार प्रहरीका अनुसार बा ८५ प ५६६ को मोटरसाइकल र बा ९१ प ११८८ को मोटरसाइकल टोखा नगरपालिका-२, पञ्चेटारमा आइतबार बिहान साढे ५ बजेतिर ठोक्किएका हुन्।

दुर्घटनामा पहिलो मोटरसाइकलका चालक मनोज दुलाल र दोस्रो मोटरसाइकलका पासाङ तामाङको मृत्यु भएको हो। साथै दुर्घटनामा दुलालकी आमा वर्षकी मथुरा दुलाल गम्भीर घाइते भएको डीएसपी लम्सालले जानकारी दिए। ‘दुवै चालक २०-२२ वर्षका होलान्,’ डीएसपी लम्सालले नेपालखबरसँग भने, ‘मथुराचाहिँ ३५-४० वर्षकी होलिन्।’

घाइते मथुराकाे अहिले ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको उनले बताए। उनका अनुसार तामाङ टोखा नगरपालिकाकै वडा नम्बर ९ का बासिन्दा हुन् भने दुलाल वडा नम्बर १ का बासिन्दा हुन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .