ad ad

समाज


प्रेम सम्बन्धमा रहेका युवाकाे केटी पक्षका गाउँलेकाे कुटपिटबाट मृत्यु, ६ जना बेपत्ता

प्रेम सम्बन्धमा रहेका युवाकाे केटी पक्षका गाउँलेकाे कुटपिटबाट मृत्यु, ६ जना बेपत्ता

नेपालखबर
जेठ ११, २०७७ आइतबार ३:३४,

युवतीसँगको प्रेम सम्बन्धमा रहेका जाजरकोटका एक युवकको रुकुमपश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा गाउँलेहरुको कुटाइबाट मृत्यु भएको छ।

जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका नवराज विकको गाउँलेहरुको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

नवराजसँगै युवतीको घर गएका छ युवा अझै बेपत्ता रहेका जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

घटना विवरण अनुसार नवराज र सोती गाउँकी सुष्मा मल्लबीच लामो समयदेखि प्रेम थियो। सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए।

केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले कुटपिट गर्दा नवराजको मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता छन्। सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएका थिए।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो। जात नमिल्ने भन्दै केटी पक्षले विवाह अस्वीकार गरेको पाइएको प्रहरीले जनाएको छ।

यसैबीच सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।

गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए। जग्गाको विषयमा छिमेकीसँग यादवको गत वैशाख १३ गते विवाद भएको थियो।

सो विवादका क्रममा कुटपिट हुँदा उनको टाउको र खुट्टामा गम्भीर चोट लागेपछि गजेन्द्रनारायाण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको थियो।

वैशाख २७ गते अस्पतालले उनलाई डिस्चार्ज गरेपछि घरमै औषधि खाएर उपचार गराइरहेको अवस्थामा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र कुटपिटमा संलग्न रहेकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .