समाज


कैलालीका संक्रमित बाँके, इटहरी र भारतबाट आएका

कैलालीका संक्रमित बाँके, इटहरी र भारतबाट आएका

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ११:१७,

कैलालीमा शुक्रबार संक्रमण पुष्टि भएका तीन जना पुरुषहरु भारत र नेपालकै अन्य ठाउँबाट आएको खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमा कैलालीका १९, २३, र २९ वर्षीय पुरुषसहित थप २० जनामा कोरोना पुष्टि गरेको थियो।

कैलालीको जानकी गाउँपालिकाकास्थित क्वारेन्टिनमा रहेका वडानम्बर ४ को एकजना र वडानम्बर ७ को दुई जनालाई कोरोना संक्रमण देखिएको हो।

गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीका अनुसार उनीहरु एकजना भारत, एकजना इटहरी र एकजना बाँकेबाट आएर क्वारेन्टिनमा बसेका थिए।

‘सबैलाई आए लगत्तै क्वारेन्टिनमा राखिएको थियो। अस्ती गरिएको परीक्षण रिपोर्ट आए आएपछि पोजिटिभ देखिएको हो,’ चौधरीले नेपालखबरसँग भने।

दुई दिनअघि १६ जनाको परीक्षणका लागि स्वाव परीक्षणका क्रममा उनीहरुबाहेक अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ। उनीहरुको अवस्था सामान्य भएको र धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको अध्यक्ष चौधरीले जनाए।

सुदूरपश्चिममा शुक्रबार नै डडेल्धुरा र बैतडीका एक पुरुषमा पनि संक्रमण भेटिएको थियो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको छ। यसअघि भेटिएका ५ जना भने निको भई घर फर्किसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad