खेल


खेल क्षेत्र चलायमान बनाउनु पर्नेमा राखेपको जोड

खेल क्षेत्र चलायमान बनाउनु पर्नेमा राखेपको जोड

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ११:१७,

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश कुमार सिलवालले कोरोना भाइरसको महामारीका कारण खेलकुद क्षेत्रलाई पुन: चलायमान बनाउँन अप्ठारो परेको जनाएका छन्। 

एन्फाको ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा सदस्यसचिव सिलवालले कोरोनाका कारण बी डिभिजनका खेलहरु रोकिएको जनाउँदै विदेशमा जस्तै सबैको हेल्थ चेक गरेर खाली मैदानमै भएपनि खेल सुरु गरौं भन्दा माहौंल बिग्रिएर पुन: सञ्चालन समस्या भएको बताए।

उनले भने, ‘विदेशजस्तो सबैको हेल्थ चेक गरेर खाली मैदानमै भए पनि खेल सुरु गरौं भनेका थियौं। अलिअलि सकारात्मक स्थिति पनि देखिसकेको थियो। फेरि कोरोनाले रोकियो। तर क्रमशः हामीले सबैलाई नर्मलमा ल्याउनुपर्छ।’

यस्तै अवस्था रहिरहे यसले भयावह परिणामा ल्याउने उनले बताए। 

सिलवालले आगामी दिनमा जतिसक्दो चाँडो लिग टुर्नामेन्टलाई सुचारु गर्नुपर्नेमा जोड दिए। लकडाउनको स्थिति कहिलेसम्म जाने सुनिश्चित नभएको भन्दै उनले व्यक्तिगत खेलहरुका लागि पहल सुरु गरिसकेका जनाए। 

राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरुबाट सुरु गर्न सकियो भने खेल क्षेत्र चलायमान बनाउन सकिने उनले बताए।

रंगशालामा क्वारेन्टिन नराख्न अनुरोध
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले लकडाउनकै समयमा पनि आफूहरुले रगंशालाको मर्मत गरेको भन्दै रगंशालामा क्वारेन्टिन नराख्न प्रयास गर्ने बताए।

रगंशालालाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दा घाँसहरु हप्ता दश दिनमा सकिने भन्दै यसको लागि पहल गरिदिन सदस्यसचिवलाई आग्रह गरे। रगंशालाको साटो एन्फाले विद्यालय र कलेजमा अनुरोध गर्ने भन्दै यसको व्यवस्थापनमा पनि लाग्ने बताए।

टेक्निकल बुक फुटबलको सम्पत्तिको रुपमा रहेको भन्दै आगामी पुस्ताका लागि महत्वपूर्ण दस्तावेन हुने महासचिव इन्द्रमान तुलाधरले बताए। यसले नेपाली फुटबल २०७६ सालमा कहाँ थियो र ५ वर्षपछि कहाँ पुग्यो भन्ने विषयमा तथ्यांकगत रुपमा बोल्न सक्ने बताए।

यो दस्तावेजमा खेलाडीको उमेर, क्लबको इतिहास, गोल आदिका विविध पक्षलाई समेटिएको प्राविधिक समितिका संयोजक उपेन्द्रमान सिंहले जानकारी दिए। यो बुकले प्रशिक्षक तथा टेक्निकल अध्ययन गर्नेलाई ठूलो सहयोग गर्ने विश्वास लिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad