कारोबार


एनएमबीको सुविधा सम्पन्न कर्पोरेट इन्टरनेट बैंकिङ

एनएमबीको सुविधा सम्पन्न कर्पोरेट इन्टरनेट बैंकिङ

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ११:२५,

विश्व नै लक डाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एनएमबी बैंकले परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ प्रस्तुत गरेको छ।

सन् २०१६ बाटै शुरु भएको एनएमबी कर्पोरेट इन्टरनेट बैंकिङ सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोबारका लगायत अन्य धेरै कार्यहरु सहजै गर्न सकिन्छ। वर्तमान कोभिड महामारीलाई विचार गरी बैंकले कर्पोरेट इन्टरनेट बैंकिङ माध्यमलाई नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको छ।

यो सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव प्रदान गर्न बैंकको प्रयास भएको बैंकले जनाएको छ। बैंकका अनुसार ग्राहकहरुको अनुभव अभिबृद्दि गर्न डिजिटल माध्यममा नयाँ सेवाहरु निरन्तर पस्किनेछ। उक्त इन्टरनेट बैंकिङको माध्यमबाट ठुलादेखि साना कर्पोरेट हाउसहरुले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकताहरु तत्कालै प्राप्त गर्न सक्नेछ।

एनएमबी बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट एक बृहत कारोबारहरु जस्तै आफ्नो खाताको विवरणहरु हेर्न, सबस्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिनेछ।

बैंकसम्म धाउनु पर्ने झन्झटबाट मुक्त भई निश्चित समयमै तलव पोष्टिङ, कुनै पनि बैंकको कुनै पनि खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङ लगायत अन्य विभिन्न व्यवसायीक कार्यहरु सम्बन्धी सेवा लिन सकिने उच्च कारोबार सीमा सहित सुरक्षाको नवीनतम संयन्त्रमा अत्याधुनिक पहुँच भएको एनएमबी कर्पोरेट इन्टरनेट बैंकिङ सुविधाबाट लाभान्वित हुन सकिने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad