मस्जिदहरूमा नमाज पढेर आज बकर दइ (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने परम्परा छ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको आज भिड लागेको छ।
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए।
मुस्लिम धर्मावलम्बीले आगामी शनिबारसम्म तीन दिन यो पर्व मनाउने जनाएका छन्।
हेर्नुहोस् थप तस्बिर





सबै तस्बिर रासस
Shares

प्रतिक्रिया