राजनीति


सभामुख अर्यालद्वारा बकर इदको शुभकामना: भन्छन्– ‘यसले धार्मिक सहिष्णुता र सद्भाव मजबुत बनाउँछ’

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना: भन्छन्– ‘यसले धार्मिक सहिष्णुता र सद्भाव मजबुत बनाउँछ’

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १०:५, काठमाडौँ

सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–अजहा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गरेका छन्। बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको कामना गरेका हुन्।

सभामुख अर्यालले नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक र जातीय विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै बकर इदजस्ता पर्वले आपसी सहिष्णुता र सामाजिक सद्भावको वातावरणलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

'यस्ता चाडपर्वका माध्यमबाट सबै धर्मावलम्बी, जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण हुन्छ,' शुभकामना सन्देशमा भनिएको छ, 'यसले जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गर्न थप सहयोग पुग्नेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad