दाङ घोराहीस्थित लुम्बिनी क्षेत्रीय प्रहरी आवासीय विद्यालयले आफ्नो नाममा रहेको अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न सूचना प्रकाशित गरेको छ।
‘दाङ साविक सोनपुर गा.वि.स. वडा नं. ५“ख” हाल लमही नगरपालिका वडा नं. ३ सोनपुर दाङ स्थित रहेको कित्ता नं. ४१४ को २१-९-७-० (१४५३९१.४१ वर्गमिटर) क्षेत्रफल भएको जग्गामा अनाधिकृत रुपमा घर टहरा निर्माण गरेर वा भोगचलन गरी जग्गा अतिक्रमण / कब्जा गरी बसेका व्यक्तिहरूले आजको मितिबाट १५ दिन भित्र उक्त जग्गामा बनेका घर टहरा लगायत भौतिक संरचना आफैंले हटाई जग्गा खाली गर्न’ ‘अल्टिमेटम’ दिएको छ।
तोकिएको म्यादभित्र घर टहरा लगायतका भौतिक संरचना नहटाएमा प्रहरीले नै हटाउने सूचनामा उल्लेख छ।
लुम्बिनी प्रदेश प्रहरी विद्यालयको २१ विगाह ९ कठ्ठा जग्गा अतिक्रमणमा रहेको विद्यालयको दाबी छ।

Shares

प्रतिक्रिया