समाज


गुल्मीका कोरोना संक्रमितको मृत्यु, शव व्यवस्थापनको तयारी

गुल्मीका कोरोना संक्रमितको मृत्यु, शव व्यवस्थापनको तयारी

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ४:९,

रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षीय शिक्षकको बिहीबार बिहान मृत्यु भएको अस्पतालले घाेषणाा गरेकाे हाे। 

‘आज बिहान ७ बजेर १० मिनेटमा उनकाे मृत्यु भएको हो,’ अस्पतालकाे भनाइ उधृत गर्दै प्रदेश ५ को अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख  डा. उमाशंकर चौधरीले बिहीबार बिहान नेपालखबरसँग भने। 

शव व्यवस्थापनका लागि अहिले बैठक बस्ने तयारी भइरहेको डा. चौधरीले जानकारी दिए।

कतिपय सञ्चारमाध्यमले हिजै बुधबार उनकाे मृत्यु भएकाे समाचार सार्वजनिक गरेका थिए। तर त्याे खबर सत्य नभएकाे भन्दै क्रिमसन अस्पतालले खण्डन गरेकाे थियाे। 

यो कोरोनाबाट नेपालमा भएको तेस्रो मृत्यु हो। यसअघि सिन्धुपाल्चाेक बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका युवककाे काेरानाबाट मृत्यु भइसकेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad