गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ संक्रमण पुष्टि भएका लमजुङका बालकबारे सोधपुछ गरी आवश्यक सहयोग गर्ने बताएका छन्।
‘काठमाडौं बस्ने लमजुङका बालकको स्वास्थ्य अवस्था र उपचारको प्रगतिका सम्बन्धमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बालककी आमासँग टेलिफोन मार्फत जानकारी लिनुभएको छ,’ मुख्यमन्त्री प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिएका छन्, ‘कुराकानीका क्रममा बालककी आमाले बालकको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ।’
न्यौपानेका अनुसार मुख्यमन्त्री गुरूङले बालककी आमालाई उनकाे उपचारका क्रममा आवश्यकता अनुसार सहयोग गर्ने आश्वासन दिएका छन्।
3
Shares

प्रतिक्रिया