नेपालमा आज (बिहीबार) बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ६ः५० बजे जारी गरेको प्रेस विज्ञप्तिअनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट यी नयाँ संक्रमित फेला परेका हुन्।
थपिएका संक्रमित झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका रहेकाे मन्त्रालयले जनाएकाे छ।
योसँगै नेपालमा कूल संक्रमितकाे संख्या ४ सय ४४ पुगेको छ। जसमध्ये २ जनाकाे मृत्यु भइसकेकाे छ भने ३६ जना निकाे भएका छन्।

प्रतिक्रिया