समाज


थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १:५५,

 नेपालमा थप १७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।आज (बिहीबार) बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

 यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार संक्रमण पुष्टि भएका धेरैजसो झापा जिल्लाका छन्। झापाका १५ जनामा संक्रमण पुष्टि भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र विराटनगरको कोशी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

झापाकाे कचनकवल गाउँपालिका वडा ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

बुधबार नेपालमा २५ जनामा सङ्क्रमण देखिएको थियो। अहिलेसम्म ४५ जना संक्रमित उपचारपछि पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन्। सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य छ।

सबै संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा रहेका मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ।

000000 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad