समाज


अमेरिकामा कोरोनाले गोराभन्दा काला मानिसको मृत्यु तीन गुणाले बढी भइरहेको छ, किन?

अमेरिकामा कोरोनाले गोराभन्दा काला मानिसको मृत्यु तीन गुणाले बढी भइरहेको छ, किन?

नेपालखबर
जेठ ८, २०७७ बिहिबार २:८,

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसले गोरालाई भन्दा काला मानिसलाई बढी सिकार बनाएको पाइएको छ।

ताजा तथ्यांकका अनुसार त्यहाँ कोरोनाका कारण गोरा अमेरिकीभन्दा काला अर्थात् अफ्रिकी नागरिकको तीन गुणा बढी मृत्यु भएको हो।

एपीएम रिसर्च ल्याबले यस्तो तथ्यांक संकलन गरी बुधबार सार्वजनिक गरेको हो। जुन अध्ययनलाई ‘कलर अफ कोरोना भाइरस’ शीर्षक दिइएको छ। जसले अमेरिकामा कोरोनाका कारण हुने मृत्युमा काला मानिस एकातिर र अन्य अमेरिकी नागरिक अर्कातिर देखाएको छ।

कोरोना भाइरसको संक्रमणले पूरै अमेरिकामा अफ्रिकी अमेरिकीको मृत्युदर प्रतिलाख ५० देखिएको छ भने गोराको मृत्युदर प्रतिलाख करिब २१ मात्रै देखिइएको छ। यस्तै ल्याटिन अमेरिकीको मृत्युदर प्रतिलाख करिब २३ तथा एसियन अमेरिकीको करिब २२ मात्रै छ।

यसरी कोभिड–१९ बाट काला अमेरिकी प्रत्येक २ हजारमा १ जनाको मृत्यु भएको पाइएको छ। अझ अन्य केही अमेरिकी राज्यमा त यस्तो तथ्यांक आश्चर्यजनक देखिएका छन्। केन्जस राज्यमा त कोरोनाले गोराभन्दा काला मानिसकाे मृत्यु सात गुणाले बढी भइरहेकाे छ। यस्तै वासिङ्टनमा पनि कोरोनाले गोरालाई भन्दा कालालाई ६ गुणा बढी सिकार बनाएको अध्ययनले देखाएको छ। यसैगरी यो दर मिसिगनमा ५ गुणा बढी न्युयोर्कमा ३ गुणा बढी देखिएको छ।

ट्रम्प प्रशानसनको दाबी के छ भने गोराभन्दा बढी रोगी भएका कारण काला मानिस बढी कोरोनाको सिकार भएका हुन्। उनीहरूमा मधुमेह, उच्च रक्तचाप र मोटोपनाको समस्या बढी भएकाले कोरोनाबाट उनीहरूको बढी मृत्यु भएको ट्रम्प प्रशासनको दाबी छ।

यही असमानताका कारण कोरोनाले काला मानिसलाई बढी सिकार बनाएको स्वास्थ्य सचिव अलेक्स अजरले बताएका छन्। साथै आर्थिक विषमताका कारण पनि यस्तो स्थिति देखिएको उनको भनाइ छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad