समाज


थप ३०४ सहकारीपीडितलाई दिइयो बचत फिर्ता

थप ३०४ सहकारीपीडितलाई दिइयो बचत फिर्ता

नेपालखबर
जेठ ६, २०८३ बुधबार २१:६, काठमाडौँ

समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताले रकम फिर्ता पाएका छन्। 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज (बुधबार) कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो।

समितिका अनुसार कृषि सहकारीका ८८ जना र शिव शिखरका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्।

यसअघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखरका १५६ र पशुपति सहकारी ७ गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad