समाज


बागमती प्रदेशले प्रशासनिक भवन बनाउन पाँच हजार रुख काट्ने

बागमती प्रदेशले प्रशासनिक भवन बनाउन पाँच हजार रुख काट्ने

नेपालखबर
जेठ ६, २०८३ बुधबार २१:२६, काठमाडौँ

बागमती प्रदेश सरकारले आफ्नै स्थायी प्रशासनिक भवन निर्माणको तयारी थालेसँगै हेटौँडा–१६ र १७ क्षेत्रमा रहेका सामुदायिक वनमा रुख छपान तथा कटान कार्य सुरु भएको छ ।

प्रदेश सरकार गठन भएको सात वर्षपछि पहिलो पटक मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवासलाई एउटै परिसरमा राख्ने गरी एकीकृत प्रशासनिक संरचना निर्माणको योजना अघि बढाइएको हो। यसका लागि हेटौँडा उपमहानगरपालिका–१६ र १७ मा रहेको ३१ दशमलव दुई हेक्टर वन क्षेत्र प्रदेश सरकारलाई भोगाधिकार स्वरूप उपलब्ध गराइएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रवंशीले जानकारी दिए।  

प्रमुख चन्द्रवंशीका अनुसार निर्माणस्थल खाली गर्न हाल रुख छपानको काम भइरहेको छ। रुख छपानको कार्य सम्पन्न भएपछि केही दिनभित्र रुख कटान सुरु गरिने छ। आयोजनाका लागि विभिन्न प्रजातिका पाँच हजारभन्दा बढी रुख काट्न वन विभागले अनुमति दिइसकेको प्रमुख चन्द्रवंशीले बताए। 

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजनाको क्रममा पाँच हजार दुई ४४ रुख कटान गरिनेछन्। तीमध्ये सबैभन्दा बढी सिसौ र खोटे सल्लाका रुख रहेका छन्। रुख कटानबाट ठूलो परिमाणमा काठ तथा दाउरा उत्पादन हुने अनुमान गरिएको प्रमुख चन्द्रवंशीले बताए। 

प्रदेश सरकार र सङ्घीय वन तथा भू–संरक्षण विभागबीच वन क्षेत्र उपयोगसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रशासनिक भवन निर्माण प्रक्रियालाई तीव्रता दिएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad