कोरोना भाइरसको संक्रमणबाट नेपालमा सबैभन्दा पहिले मृत्युको सिकार बनेकी सिन्धुपाल्चोककी सुत्केरी यसअघि डेरामा बसेको स्थान काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ९ का २४ जनाकै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे राम्चे घर भई त्यहाँ डेरामा बस्ने गरेकी ती २९ वर्षीया सुत्केरीको मृत्यु कोरोनाले भएको पुष्टि भएपछि उनी बस्ने घरका सबै सदस्य तथा उनलाई राहत वितरण गर्ने तीन जनप्रतिनिधिसहित २४ जनाको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
तर ती सबैको रिपोर्ट नेगेटिभ आएको टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिइन्।
यस्तै यसअघि ती सुत्केरीका नवजात शिशु, श्रीमान तथा उनकाे गाउँका ५३ जनाकाे रिपाेर्ट पनि नेगेटिभ आइसकेकाे छ।

प्रतिक्रिया