समाज


सुस्ताका कोरोना संक्रमित भारतबाट

सुस्ताका कोरोना संक्रमित भारतबाट

नेपालखबर
जेठ ७, २०७७ बुधबार १३:११,

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएका २७ वर्षीय पुरुष गत वैशाख ३० गते भारतको मुम्बईबाट आएको खुलेको छ। सुस्ता गाउँपालिका–५ बेल्वानी गाउँका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो।

भारतबाट सुस्ता हुँदै नारायणी नदीबाट डुंगा तरेर ती युवक गाउँ आएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए। उनी घर पुगेपछि गाउँलेले क्वारेन्टिन पु¥याएको बताइएको छ। उनी सुस्ताको बेल्वानी क्वारेन्टिनमा बसेका छन्। उनीसँगै आएको डुंगामा दुई सुरक्षाकर्मीसहित सात जना आएको खुलेको छ। उनलाई भाइले मोटरसाइकलमा बसालेर क्वारेन्टिन पु¥याएकोले उनको पीसीआर परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्यकर्मीको टोलीले उनको टे«सिङ गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए। यही जेठ ३ गते स्वाब संकलन गरी पठाइएकामा ती युवकमा कोरोना संक्रमण पुष्टि भए पनि लक्षण नदेखिएको र स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ। सुस्ता गाउँपालिकाबाट पछिल्लो पटक ५५ जनाको स्वाब संकलन गरी पठाइएकामा अन्यको नतिजा नेगेटिभ आएको छ। टे«सिङको काम सकिएपछि उनलाई भैरहवास्थित भीम अस्पताल पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

यससँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमित दुई पुगेका छन्। यसअघि प्रतापपुर गाउँपालिका–५ का एक युवकमा संक्रमण पुष्टि भएको थियो। उनको भीम अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad