समाज


अम्पुन आँधीले भारतमा मच्चाउन थाल्यो विध्वंश, एक शिशुसहित तीन जनाको मृत्यु

अम्पुन आँधीले भारतमा मच्चाउन थाल्यो विध्वंश, एक शिशुसहित तीन जनाको मृत्यु

नेपालखबर
जेठ ७, २०७७ बुधबार १३:५८,

बंगालको खाडीमा विकसित अम्पुन नामकाे शक्तिशाली सामुद्रिक आँधी (चक्रवात) ले भारतमा विध्वंश मच्चाउन थालेको छ।

यो खबर लेख्दासम्म पश्चिम बंगालमा दुई जना र ओडिसामा एक शिशुको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।

भारतीय माैसमविद्का अनुसार समुद्रबाट चक्रवात जमिनमा ठाेक्किन सुरु गरेपछि स्थिति भयावह भएकाे हाे।

भारतको मौसम विभागका अनुसार अम्पुन पश्चिम बंगाल र बंगलादेशबीचको डिगाह र हटिया टापु पार गरेर सुन्दरवन प्रवेश गरेको छ।

 

स्थानीय पत्रकार प्रभाकर मणि तिवारीले बीबीसीलाई बताएअनुसार कोलकातामा ठूलो बताससिहत भारी वर्षा भइरहेकाे छ। घरका झ्याल भत्किएका छन्। उनले भनेका छन्- बतास यति शक्तिशाली छ कि अवस्था डरलाग्दो छ।

यस्तै ओडिसामा तेज गतिमा चलिरहेको आँधीले रुख तथा बिजुलीका खम्बा ढालेका छन्। 

ओडिसामा आँधीले घरको भित्ता भत्काउँदा चेपिएर तीन महिनाकी बच्चीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अहिले त्यस क्षेत्रका बासिन्दा आतंकित र असुरक्षित भएका छन्।

एनडीआरएफका महानिर्देशक एसएन प्रधानले पश्चिम बंगालका ५ लाख तथा ओडिसाका १ लाख ५८ हजार ६ सय ४० जनलाई सुरक्षित स्थानमा सारिएकाे जानकारी दिएका छन्।  

 

याे पनि:
नेपालमा अम्पुनको प्रभावः आज राति यी क्षेत्रमा हावाहुरी, वर्षा तथा हिमपातकाे सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad