ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेकी अम्बिका बस्नेतसहित १० जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिहीबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले उनीहरू धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले अम्बिका बस्नेत र शर्मिला बस्नेतसँग ५० हजार धरौटी माग गरेको छ।
त्यस्तै, गिता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्रीसँग २५ हजार धरौटी माग गरेको छ।
वैशाख १० गते माइतीघरमा अम्बिका लगायतले जानुका पाठक (शोभा)माथि कुटपिट गरेका थिए। त्यस घटनालाई लिएर शोभाले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन्।
माइतीघरबाटै पक्राउ परेका अम्बिकासहित १० जना विरुद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत वैशाख २२ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। अम्बिका नेकपा (एमाले)का नेता महेश बस्नेतकी पत्नी हुन्।
Shares

प्रतिक्रिया