समाज


कोरोना नियन्त्रणका लागि सेनाले चीनबाट ल्यायो १८ टन स्वास्थ्य सामग्री

कोरोना नियन्त्रणका लागि सेनाले चीनबाट ल्यायो १८ टन स्वास्थ्य सामग्री

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ६:६,

नेपाली सेनाले चीनको ग्वाङजाओबाट आज (मंगलबार) बिहान १८‍.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौं ल्याएको छ।

 सेनाले खरिद गरेको स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौँ ल्याएको हो।

स्वास्थ्य सामग्री बोकेर आएको निगमको वाइड बढी जहाज आज बिहान ९ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हाे। स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहास सोमबार राति ग्वाङ्जाओ उडेको थियो।

ग्वाङ्जाओबाट १८.८ टन स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले राससलाई जानकारी दिए। ती स्वास्थ्य सामग्रीमा पीपीई, एन-९५ मास्कलगायत छन्।

सेनाले यसअघि शनिबार स्थलमार्गबाट १० कन्टेनर स्वास्थ्य सामग्री ल्याएको थियो। बुझिएअनुसार सेनाले जम्मा ३४३ टन स्वास्थ्य सामग्री ल्याउनेछ। त्यसमध्ये जहाजमार्फत ४७।५ टन र बाँकी सडकमार्गबाट ल्याउनेछ। सेनाले पहिलोपटक जहाजमार्फत स्वास्थ्य सामग्री ल्याएको हो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad