समाज


झापामा ९ र सुनसरीमा २ गरी थप ११ जनामा कोरोना संक्रमण

झापामा ९ र सुनसरीमा २ गरी थप ११ जनामा कोरोना संक्रमण

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ६:१०,

प्रदेश १ को झापा र सुनसरीमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ।

मंगगलबार र झापामा ९ जनामा र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रु्रव सुवेदीले जनाकारी दिए।

कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप ९ जनामा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुई जनामा कोरोना पोजेटिभ देखिएको संयोजक सुवेदीले नेपालखबरसँग बताए।

झापाका ९ संक्रमित झापाको केचनकवल गाउँपालिकाका रहेको र सुनसरीका संक्रमित इटहरी नयरपालिकाका रहेको उनले जनाकारी दिए। सुनसरीका संक्रमितमध्य एक जना सुरक्षाकर्मी समेत रहेको बताइएको छ।

योस‌ँगै प्रदेश १ मा कूल संक्रमितको संख्या ५४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad