ad ad

समाज


२५ वर्षीया छोरीले गरिन् बुबाको हत्या

२५ वर्षीया छोरीले गरिन् बुबाको हत्या

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ३:५४,

 इलाममा गए राति २५ वर्षीया युवतीले आफ्नै बुबाको हत्या गरेकी छन्। इलाम देउमाई नगरपालिका-६ शान्तिडाँडाकी सुष्मा राईले बुबा २५ वर्षीय फुलबहादुर राईको हत्या गरेकी हुन्।

शान्तिडाँडाको गोरेडाँडा निवासी बुबा फुलबहादुर र छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीले बताएका छन्। त्यस्तै झगडाको निहुँमा छोरीले बाबुको हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले बताए।

रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। घरमा जेठी छोरी सुष्मा, उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो।

फुलबहादुरको टाउकोमा चोट देखिएको छ। टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। ‘गहिरो चोट नदेखिएका कारण धारिलो हतियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ’, प्रहरी निरीक्षक शाहले भने।

कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएका र हिजो दिउँसो पनि झगडा भएपछि गाउँ गएका सथानीयले बताएका छन्।

घटनास्थलमा प्रहरी पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .