रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ।
आइतबार रातिदेखि आइसोलेसनमा राखिएका रोल्पा नगरपालिका-१ का २२ वर्षीय युवकको सोमबार दिउँसो मृत्यु भएको हो।
रोल्पा अस्पतालका अनुसार ती युवकलाई कोरोना संक्रमण थियाे कि थिएन भन्ने निश्चित गर्न उनको स्वाब दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
स्वाब परीक्षण भइरहेको र रिपाेर्ट आउन बाँकी रहेकाे प्रतिष्ठानका चिकत्सकले बताएका छन्।
3
Shares
प्रतिक्रिया