ad ad

समाज


भेन्टिलेटरमा राखिएका गुल्मीका कोरोना संक्रमित शिक्षककाे स्वास्थ्य अवस्था कस्तो छ?

भेन्टिलेटरमा राखिएका गुल्मीका कोरोना संक्रमित शिक्षककाे स्वास्थ्य अवस्था कस्तो छ?

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ४:९,

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्।

अस्पताल प्रशासनले आज (मंगलबार) विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ। उनी स्थानीय एक विद्यालयका प्रधानाध्यापक हुन्।

‘विभिन्न समाचारमाध्यममा यसबारे समाचार सम्प्रेषण हुनु स्वाभाविक हो। तर केही सामाजिक सञ्जाल तथा मिडियामा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सबैमा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

एक हप्तादेखि ज्वरो तथा टाउको दुख्ने समस्या भएपछि यही जेठ १ गते अस्पताल पुगेका ती पुरुषको आकस्मिक विभागमा कार्यरत मेडिकल अफिसरलगायत स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेका अस्पतालले जनाएको छ।

थप उपचारका लागि चिकित्सकीय टोलीले कोरोनाको आशंकामा पिसिआर परीक्षण गर्न प्रदेश प्रयोगशालामा स्वाब पठाएकामा कोरोना संक्रमण देखिएको हो। मदानेको एक विद्यालयका प्रधानाध्यापक उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .