ad ad

समाज


डब्लूएचओमा छलफलः कोरोना भाइरस उत्पत्तिबारे प्रश्न गर्दै सदस्य राष्ट्रहरु

डब्लूएचओमा छलफलः कोरोना भाइरस उत्पत्तिबारे प्रश्न गर्दै सदस्य राष्ट्रहरु

नेपालखबर
जेठ ५, २०७७ सोमबार ९:३०,

डब्लूएचओमा १ सय ९४ सदस्य राष्ट्रहरु छन्। सबै राष्ट्रले यस महत्वपूर्ण छलफलमा भाग लिनेछन्।

यस ७३ औं विश्व स्वास्थ्य सम्मेलनमा डब्लूएचओका सदस्य राष्ट्रहरुले कोरोना भाइरसबारे निष्पक्ष, स्वतन्त्र र व्यापक अनुसन्धानको माग गर्ने अपेक्षा गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै चीनको वुहानमा कोरोना भाइरस कसरी उत्पत्ति भयो? भनेर प्रश्न गरिसकेका छन्।

अमेरिकी अधिकारीहरुले कोरोना वुहान शहरको प्रयोगशालाबाट निस्किएको दाबी पनि गरिसकेका छन्। यसबाहेक अमेरिकाले कोरोनाको खतरबारे चीनले ढिलो सूचना दिएको अमेरिकी आरोप छ।

Government coronavirus response updates: Trump valet, part of a ...

ट्रम्प

यसैबीच युरोपेली संघले कोरोना भाइरसको उत्पत्तिको निष्पक्ष अनुसन्धान गरिनुपर्ने भनेर प्रस्तावको मस्यौदा तयार गरिरहेको छ जसको धेरै देशले समर्थन गरेका छन्।

चीन भने निष्पक्ष अनुसन्धानको विपक्षमा छ। चीनले आफूले दिएको सूचनाहरु सबै ठिक भएको र सबै पारदर्शी भएाको बताउँदै आएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार ६० भन्दा बढी सदस्य राष्ट्रले कोरोना भाइरसको स्रोतको विषयमा चीनको भूमिकाको अनुसन्धान गर्न चाहन्छन्।

निष्पक्ष अनुसन्धानको माग गर्दै संयुक्त प्रस्ताव डब्लूएचओ समक्षा राख्ने राष्ट्रहरुका अनुसार कोरोनाको स्रोतबारे स्पष्ट जानकारी प्राप्त भए यस विषयले कोरोनाविरुद्ध लड्न मद्दत गर्नेछ।

यी देशहरुले कोरोना भाइरस मानिसमा कसरी सर्यो भनेर जान्न चाहन्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .