ad ad

राजनीति


‘महाकाली सन्धि गर्नेहरु नै एमसीसी पास गर्ने खेलमा छन्’

‘महाकाली सन्धि गर्नेहरु नै एमसीसी पास गर्ने खेलमा छन्’

नेपालखबर
जेठ ५, २०७७ सोमबार ९:२०,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको बताएका छन्।

प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रहित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताएका हुन्। एमसीसी पारित गर्नैपर्ने कांग्रेस सभापतिले दिएको अभिव्यक्तिलाई रावलले महाकाली सन्धीसँग जोडे।

उनले भने, ‘एमसीसी पछाडीको ढोकाबाट आउन खोजेजस्तो अनुभूत भइरहेको छ। नेपाली कांग्रेसका नेताले भन्नुभयो, छिटो पारित गर्नुपर्छ भनेर। उहाँले महाकाली सन्धीमा पनि त्यस्तै कुरा गर्नुभएको थियो। १०—१० वर्षमा महाकाली सन्धीको पुनरावलोकन हुने भन्ने थियो। न त्यसको पुनरावलोकन भएको छ, न कार्यान्वयन भयो। मैले आशा गर्छु नीति तथा कार्यक्रममा उल्लेख भएका विषय एमसीसी अन्तर्गत हुनेछैनन्। यदि भयो भने त्यो राष्ट्रहित विपरित हुनेछ। जनताले आवाज उठाउँदै आएको कुराको विपरित हुनेछ।’

नेता रावलले अन्तरदेशीय उद्योग धन्दा खोल्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख भएपनि कानूनमै उल्लेख नभएका कुरा गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताए। उनले जनतालाई दुविधामा पार्ने र आलोचित विषयहरु सरकारले अगाडि नबढाउनेमा विश्वास व्यक्त गरे।

रावलले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सरकारले नेपालको सम्पूर्ण भूभाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताए। विश्वमहामारीबाट जोखिनुपर्ने अवस्थामा राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सुक्षातर्फ त्यत्तिकै गम्भीर भएर लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .