समाज


बीपी राजमार्ग बन्द, मंगलटारमा रोकिए गाडी

बीपी राजमार्ग बन्द, मंगलटारमा रोकिए गाडी

सुनिता विष्ट
बैशाख १२, २०८३ शनिबार १६:५५, हेटौंडा

अत्यधिक वर्षा र प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार लगातारको वर्षाका कारण सडकमा पहिरो तथा दुर्घटनाको जोखिम बढेकाले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै तत्कालका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको हो। 

‘प्रतिकूल मौसमको कारण काभ्रेमा अत्यधिक ठूलो पानी परेकाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ,’ प्रहरीले भनेको छ।

वर्षा रोकिएपछि सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘मौसममा सुधार आई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालयले अर्को सूचना प्रकाशन गरी बाटो सुचारु भएको जानकारी गराउनेछौँ,’ सूचनामा भनिएको छ। 

अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग बन्द रहने भएकाले सतर्कता अपनाउन भनिएको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ। 

अहिले यसक्षेत्रमा चल्ने सवारीलाई मंगलटारमा रोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad