खेल


त्रिकोणात्मक शृंखलामा नेपालको विजयी सुरुवात

त्रिकोणात्मक शृंखलामा नेपालको विजयी सुरुवात

सबै तस्बिर: सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
बैशाख १२, २०८३ शनिबार १७:१४, काठमाडौँ

करण केसीको घातक बलिङमा घरेलु मैदानमा सुरु भएको ओमन सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। 

शनिबार भएको खेलमा नेपालले संयुक्त अरब एमिरेट्स (यूएई) लाई ३७ रनले हराउँदै सिरिजमा विजयी सुरुवात गरेको हो। जितसँगै नेपालले १४ अंक बनाएको छ। समान २१ खेल खेलेको यूएईको १० अंक छ। 

नेपालले अब बुधबार ओमानसँग खेल्नेछ। त्यसअघि सोमबार यूएई र ओमन प्रतिस्पर्धा गर्नेछन्। 

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई १० बल अगावै १६३ रनमा अलआउट भयो। यूएईका लागि हरप्रित सिंहले ३९ रनको योगदान दिए। 

कप्तान मुहम्मद वसिमले ३४ र अर्षदीप नाथले ३० रन बनाए। ओपनर आर्यांश शर्मा १८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। 

नेपालका लागि करण केसीले चार विकेट लिए। ९.२ ओभर बलिङ गरेका करणले दुई मेडन राख्दै १९ रन मात्र खर्चे। 

सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा दुई सय रनमा अलआउट भयो। 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए। उनले ९० बलमा ५ चौका र २ छक्का हाने। 

दीपेन्द्रले ५९ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। राष्ट्रिय टोलीका लागि ओडीआईमा दीपेन्द्रको यो छैटौँ अर्धशतक हो। 

ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए। बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले समान १५ तथा भीम सार्कीले १० रन थपे। आशिफ शेखले सात, कप्तान रोहित पौडेलले दुई र करण केसीले २२ रन बनाए। 

यूएईका लागि अजय कुमारले तीन विकेट लिए। खुजैमा तनविर र जुनैद सिद्दिकीले समान दुई विकेट लिए। हैदर अली र मुहम्मद सहदादले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad