नेपाल पत्रकार महासंघले तीन सय ५० भन्दा बढी पत्रकारको पीसीआर परीक्षण भएको छ।
कार्यस्थलमा खटिने सञ्चारकर्मीहरुको पीसीआर परीक्षणका लागि महासंघले आवश्यक पहल गरिरहेको बताउँदै अन्य पत्रकारहरुको पनि परीक्षण गर्ने तयारी भइरहेको महासंघले जनाएको छ।
महासंघले आमसञ्चारकर्मीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै समाचार संकलन तथा सम्प्रेषण गर्न पुनः अपिल गरेको छ।
अहिलेसम्म ४ जना सञ्चारकर्मी कोभिड १९ को संक्रमणमा परेका छन्। चारै जना पत्रकारहरु अहिले स्वास्थ्य उपचार गराइरहेका छन्।
अहिलेसम्म ३ सय ५० भन्दा बढी सञ्चारकर्मीहरुको पीसीआर परीक्षण सम्पन्न भइसकेको छ भने अन्य पत्रकारहरुको परीक्षणका लागि आवश्यक प्रबन्ध भइरहेको छ ।
अति आवश्यक समाचार संकलनका लागि मात्रै कार्यस्थल जान र अनावश्यक भीडभाड नगरी सतर्कतापूर्वक समाचार संकलन गर्न महासंघ सबै सञ्चारकर्मीमा आग्रह गरेको छ।
पछिल्लो समय प्रेस लेखिएका सवारी साधन र प्रेस ज्याकेट लगाएर भीडभाड गर्ने, अनावश्यक हिँडडुल गर्ने र प्रेसको दुरुपयोग भइरहेकोप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस लेखेका सवारी साधन र ज्याकेट सञ्चारकर्म बाहेक अन्य प्रयोजनका लागि प्रयोग नगर्न महासंघ सम्बन्धित सबैमा आग्रह गर्दछ।

प्रतिक्रिया