ad ad

समाज


नेपालमा कोरोना संक्रमणले पहिलो मृत्यु: स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना संक्रमणले पहिलो मृत्यु: स्वास्थ्य मन्त्रालय

नेपालखबर
जेठ ३, २०७७ शनिबार १५:२६,

नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ।

धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरीको मृत्युको कारण कोरोना भाइरस नै भएको सरकारले पुष्टि गरेकाे हाे। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार राति विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाका कारण पहिलोपटक मृत्यु भएको जानकारी दिएकाे हाे। 

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाकाे राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेकाे हाे। 

याे पनि:  कोरोनाबाट मृत्यु भएकाको यसरी गर्नुपर्नेछ अन्त्येष्टि, सरकारले बनायो छुट्टै कार्यविधि

१० दिनअघि ती महिलाले काठमाडौंकाे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सामान्य किसिमले शिशु जन्माएकी थिइन्। आमाछोरा दुवैको स्वास्थ्य सामान्य रहेका कारण उनीहरू वैशाख २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए।

तर घर पुगेपछि ती महिलालाई ज्वरो आउने, खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या हुन थाल्याे। स्थानीय बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएकाे हाे। 

कोरोनासँग मिल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालकै प्रयाेगशालमा उनको स्वाबकाे पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयाे। अझ निश्चित गर्न उनकाे स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याई परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै देखिएकाे हाे।

त्यसपछि स्वास्थ्य मन्त्रालयले घटना अध्ययनका लागि शनिबार नै टोली धुलिखेल अस्पताल पठाएको थियो। त्यस पश्चात् मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गरेको हाे। मन्त्रालयले शनिबार राति ८:५० बजे विज्ञप्ति जारी गर्दै ‘… नेपालमा कोभिड-१९ बाट मृत्यु भएको पहिलो घटना भएको पुष्टि भएको’ घाेषणा गरेकाे हाे। 

हेराैँ विज्ञप्ति:

bbb

याे पनि: 

धुलिखेल अस्पतालमा महिलाको मृत्यु भएपछि सेना परिचालन गरेर गाउँ नै सिल गरियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .