ad ad

समाज


पहिलोपटक नेपाली सेनाका दुई जवानमा पनि देखियो कोरोना

पहिलोपटक नेपाली सेनाका दुई जवानमा पनि देखियो कोरोना

नेपालखबर
जेठ ३, २०७७ शनिबार १२:४२,

नेपाली सेनाका दुई जवानमा पनि कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयलय जनाएका महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा सेनाका जवान भएको खुलासा भएको हो।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले शनिबार भेटिएका महोत्तरी र काभ्रेका दुई संक्रमित सेनाका जवान भएको पुष्टि गरे। उनले उनीहरु मध्यपूर्वी ृतनामा कार्यरत रहेको र उनीहरुसँग सम्पर्कमा भएकाको खोजी कार्य सुरु भएको जानकारी दिए।

‘मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत दुई सैनिक जवानमा कोरोनाको संक्रमण देखिएको छ’, प्रवक्ता पाण्डेले भने, ‘उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको छ।’

यसअघि शनिबार नै जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी जवानमा पनि कोरोना देखिएको थियो।

यसअघि नेपाल प्रहरीका २, सशस्त्र प्रहरीका ३ र एक जना राष्ट्रिय अनुसन्धानका व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

बुधबार कपिलवस्तुमा मात्रै ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

कपिलवस्तुमा संक्रमण देखिएकामा नेपाल प्रहरीका एक जना सहायक निरीक्षक (सई), एक हवल्दार, सशस्त्रका सहायक निरीक्षक (सई) र राष्ट्रिय अनुसन्धानका एक जना रहेका छन्।

अन्य दुई सुरक्षाकर्मीमा भने काठमाडौँमा कोरोना देखिएको हो। उनहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .