डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एक जनाको मृत्यु भएको छ भने दुई जना अचेत अवस्थामा छन्।
मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन्। मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ।
शुक्रबार राति करिब ८ बजेतिर खाना खाइसकेपछि लगातार उल्टी गर्न शुरु गरेपछि तीनैजनालाई त्रिपुराकोट बगरमा रहेको स्थानीय मेडिकलमा पु¥याइएको थियो। मेडिकलमा उपचार गर्न नसकिने बताएपछि तीनै जनालाई रातारात जिल्ला अस्पतालमा पु¥याइएको र उपचारका क्रममा सुकलालको मृत्यु भएको जिल्ला प्रहरी डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।
अचेत अवस्थामा रहेका दुवै जनालाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले शनिबार दिउँसो करिब १२ बजेतिर माउन्टेन एयरको हेलिकप्टरमा उद्धार गरी सुर्खेत लगिएको रञ्जितकारले बताए।
घटना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ खटाइसकिएको बताइएको छ।
उनीहरुले खाँदै गरेको खाना अनुसन्धानका लागि स्याम्पलका रुपमा लिइसकिएको प्रहरीले जनाएको छ । अस्पताल ल्याइपु¥याउन्जेल सुकलालको मृत्यु भइसकेको डा. मेलिना हमालले जानकारी दिइन्। रासस
Shares

प्रतिक्रिया