समाज


बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ६३ पुग्यो, ५२ जना भूपूगोरखा सैनिक

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या  ६३ पुग्यो, ५२ जना भूपूगोरखा सैनिक

नेपालखबर
जेठ ३, २०७७ शनिबार ६:४३,

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार दिएको जानकारी अनुसार हालसम्म बेलायमा कोरोनाका कारण ६३ नेपालीको ज्यान गएको हो।

मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन्।

दूतावासको पहलमा गठन गरिएको सूचना संकलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको संख्या ११ छ।

गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको संख्या ६० पुगेको बताएको थियो।रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad