समाज


भारतमा लकडाउनको समयमा ट्रकमा घर फर्कने क्रममा दुर्घटना हुँदा २४ मजदुरको मृत्यु

भारतमा लकडाउनको समयमा ट्रकमा घर फर्कने क्रममा दुर्घटना हुँदा २४ मजदुरको मृत्यु

नेपालखबर
जेठ ३, २०७७ शनिबार ६:२४,

शनिबार बिहानै उत्तर प्रदेशको औरिया जिल्लामा ट्रक अर्को सवारीसँग ठोक्किँदा दुर्घटना भएको हो।

कोरोनाको प्रकोपसँगै गत मार्च २५ देखि भारतमा लकडाउन जारी छ। देशव्यापी लकडाउन लागू भएपछि स्वदेशी कामदारहरु विभिन्न राज्यमै रोकिएका छन्।

काम नहुँदा खान र बस्न समस्या भएपछि उनीहरु ट्रकमा लुकेर तथा हिँड्दै आफ्नो घर फर्कन बाध्य छन्।

हालसम्म भारतमा ८५ हजार ९४० मा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २ हजार ७५३ को मृत्युहुँदा ३० हजार २५८ उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad