समाज


जिल्लामा २८ संक्रमित फेला परेपछि रुपन्देहीमा आवतजावतमा रोक

जिल्लामा २८ संक्रमित फेला परेपछि रुपन्देहीमा आवतजावतमा रोक

नेपालखबर
जेठ ३, २०७७ शनिबार ३:३९,

रुपन्देहीमा कोभिड-१९ संक्रमित फेला परेपछि अधिकांश स्थानीय तहले आफ्नो क्षेत्रमा आवतजावत गर्न रोक लगाएका छन्।

खास गरी लुम्बिनीसँग जोडिएको जिल्लाको गैडहवा गाउँपालिकामा एकै परिवारका नौ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि सो गाउँपालिकासँग जोडिएको कञ्चन गाउँपालिकामा आवतजावत गर्न शुक्रबारदेखि रोक लगाइएको छ।

गैडहवा र कञ्चन गाउँपालिकाका सीमा जोडिएका छन्। दुई गाउँपालिकासँग जोडिएको सैनामैना नगरपालिकमा समेत उच्च सतर्कता अपनाइएको छ।

‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयलाई गाउँपालिका कार्यपालिका बैठकले अनुमोदन गरेको हो ’, कञ्चनका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले भने। यो निर्णय यही जेठ ५ गतेसम्म लागू हुने उनले बताए।

गैडहवा गाउँपालिकामा पनि कोरोना सङ्क्रमित फेला परेपछि आवतजावतमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए।

त्यस्तै तिलोत्तमा नगरपालिकाले पनि नगरपालिकाको दक्षिण भेगका सहायक प्रवेश नाकामा आवतजावत गर्न रोक लगाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले बताए।

यसअघि कपिलवस्तुदेखि पश्चिम नवलपरासीको सिमानासम्मको हुलाकी सडकको दक्षिणतर्फ लुम्बिनी सांस्कृतिक नगरपालिका तथा समरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकाका केही क्षेत्र, सिद्धार्थनगरका केही क्षेत्र, ओमसतिया गाउँपालिकाका केही क्षेत्र र रोहिणी गाउँपालिकामा आवतजावत गर्न रोक लगाइएको थियो।

रुपन्देहीमा अहिलेसम्म २८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। उनीहरु अधिकाश भारतबाट आएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad