समाज


चार संक्रमित भेटिएपछि चन्द्रागिरि नगरपालिका सिल

चार संक्रमित भेटिएपछि चन्द्रागिरि नगरपालिका सिल

नेपालखबर
जेठ ३, २०७७ शनिबार ३:१३,

चार जना कोरोना संक्रमित फेला परेपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका चार दिनका लागि सिल गरिएको छ।

आज (शनिबार) दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिएको हो।

नगरप्रमुख धनश्याम गिरीले ३ जेठ दिउँसोदेखि ७ जेठ बिहानसम्म नगर क्षेत्र सिल गरिएको जानकारी दिए। ‘स्थानीयलाई घर बाहिर हिँडडुल गर्नसमेत रोक लगाएका छौं,’ नेपालखबरसँग मेयर गिरीले भने, ‘यो भनेको एक खालको स्थानीय कर्फ्यु हो। नगरक्षेत्रमा महामारी फैलिने अवस्था आएपछि यस्तो निर्णय गरेका हौँ।’

अत्यावश्यक कामले हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गरी माक्स र पञ्जा लगाएर मात्र हिँड्न भनिएको उनले बताए।

‘नगर क्षेत्र भित्रका औषधी पसलबाहेक अन्य सबै खालका पसल, सरकारी, सहकारी, प्राइभिेट सबै खालका कार्यालय सञ्चालन र विकास निर्माणका काममा पनि रोक लगाइएको छ,’ उनले भने।

चन्द्रागिरी नगरपालिकाको यो निर्णयले काठमाडौँ प्रवेश गर्ने मुख्य नाका थानकोटबाट हुने आवागमन पनि प्रभावित हुने भएको छ। मेयर गिरीले मालबाहक गाडीलाई सडकमा गुड्न दिए पनि रोक्न र सामान ओसारपसार गर्न रोक लगाएको बताए।

चन्द्रागिरी नगरपालिका क्षेत्रको मच्छेगाउँ, दहचोक, बलम्बु, सतुंगलमा एक-एक र दुई जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेमा दुई जना सात-सात वर्षीय बालक छन्। उनीहरु सतुंगल र दहचोकका हुन्। चन्द्रागिरिका ३२ वर्षीय पुरुष र ३३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण आशंका भएकालाई सशस्त्र प्रहरी अस्पतालमा गएर स्वाब परीक्षण गराउन पनि नगरपालिकाले सबैमा अनुरोध गरेको छ। अब स्वाब परीक्षणको दर पनि बढाइने मेयर गिरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad