नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यपाक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोवोट’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तरण गरिएको छ।
अस्पतालमा विरामीलाई औषधि, पानी, खानालगायतका सामानहरु नर्सले दिन जान नपर्ने गरी मेशिनले दिने स्वचालित रोवोट हस्तान्तरण गरिएको हो। कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीलाई शुक्रबार एक कार्यक्रमबीच रोवोट हस्तान्तरण गरे।
साे रोवोटलाई अस्पतालको आइसोलेशन वार्डमा प्रयोग गरिनेछ। हस्तान्तरणसँंगै रोवोटको प्रयोग गर्ने नर्सहरुलाई रोवोट सञ्चालन सम्वन्धी अस्पतालमै अभ्यास गराएको थियो। पाँंच छ जना नर्सहरुले रोवोट सञ्चालन गर्न सिकेका थिए। रोवोट चलाउन जानेपछि रोवोट हस्तान्तरण गरी अस्पतालमा छोडिएको थियो। यही क्रममा रोवोटलाई अस्पतालको आइसोलेशन वार्डवार्डमा लगेर सञ्चालन अभ्याससमेत गरिएको थियो।
कार्यक्रमपछि कलेज र अस्पतालवीच सम्झौतासमेत गरिएको थियो। सम्झौतामा कलेजकोतर्फबाट कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ र अस्पतालकोतर्फबाट अस्पताल प्रशाशन शाखाका शाखा अधिकृत रुपनारायण खतिवडाले हस्ताक्षर गरेका छन्। जसमा रोवोट सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आइपरेमा निर्माण कार्यमा सहभागी प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाइदिने सहमति भएको छ।

अस्पतालको ट्रली सहयोगबाट कलेजका चार जना प्राध्यापक र चार जना विद्यार्थी गरी आठ जनाको समूहले रोवोट तयार पारेको थियो। कलेजका चारजना सहायक प्राध्यापकहरू रुपेशदही श्रेष्ठ, दिनेश डंगोल,सचिन श्रेष्ठ र अभिनास खत्री केसी तथा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरू उत्सव खड्का, सरोज चौधरी, राजु श्रेष्ठ र कुमार श्रेष्ठ यो रोवोटको विकास गर्न सफल भएका हुन्।
परीक्षण गर्दा यसले ३० किलोग्रामसम्म सामान बोक्न सक्ने क्षमता रहेकोले औषधि र खानाबाहेक अरु पनि आवश्यक सामानहरु रोवोटले वोक्न सक्ने क्षमता रहेको जनाइएको छ। ट्रली बाहेकको निर्माण सामग्री करिव २५ हजार रुपैयाँमा यसको निर्माण सम्भब भएको जनाइएको छ। रोवोट म्यानुल (रिमोट कन्ट्रोल) बाट चलाइने छ। रिसेप्सनमा बसेको एकजना नर्सले रिमोटबाट आवश्यकता अनुसार विरामी विरामीसम्मलाई आवश्यक औषधि, पानी, खानालगायतका सामान पुर्याउन लगाउने छ।
कलेजका प्राचार्य प्रा.डा. श्रेष्ठले अहिलेलाई एउटा मात्रै रोवोटको विकास गरिएको जनाए। सामाजिक उतरदायित्वलाई मध्यनजर गरी आफूहरूले रोवोट बनाएको प्रा.डा. श्रेष्ठले जनाए। भविष्यमा नेपाल सरकार वा अन्य नियकाहरूबाट माग भएमा प्राविधिक सहयोग गर्न कलेज तयार रहेको प्रा.डा. श्रेष्ठले स्पष्ट पारे।

प्रतिक्रिया