समाज


कोरोना भ्याक्सिनः अक्सफोर्डले पायो ठूलो सफलता

कोरोना भ्याक्सिनः अक्सफोर्डले पायो ठूलो सफलता

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ११:३३,

कोरोना भाइरस (कोभिड—१९) रोक्न विश्वभरिका ९० भन्दा बढी वैज्ञानिक समूह अलग—अलग खोज गरिरहेछन्। ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले भ्याक्सिन विकासमा महत्वपूर्ण सफलता पाएको बीबीसीले जनाएको छ।

अमेरिका तथा ब्रिटेनका अनुसन्धानकर्ताले भनेका छन्, ‘अक्सफोर्डमा भइरहेको कोरोना भ्याक्सिन विकासको अनुसन्धान प्रारम्भिक निष्कर्षमा पुगेको छ। शोधकर्ताले ६ बाँदरको समूहमा भ्याक्सिनको परीक्षण गरेका थिए। त्यो सफल भएको छ।’

‘अब यो भ्याक्सिनको परीक्षण यतिबेला मानिसमा भइरहेको छ’, शोधकर्तालाई उदृत गर्दै बीबीसीले भनेको छ। विकसित भइरहेको सो भ्याक्सिन अब अन्य वैज्ञानिकबाट ‘रिभ्यु’ गराउने चरणमा छ।

अनुसन्धान आधारित बायोफार्मासेटिकल कम्पनी अस्ट्रा जेनेकाले गत महिना अक्सफोर्ड भ्याक्सिन समूह तथा जेनर इन्स्टिच्युट शोधकर्तासँग मिलेर कोरोना भाइरस भ्याक्सिन विकासको काम गरिरहेको जनाएको थियो।

भ्याक्सिन विकासका धेरै चरणहरु हुन्छन्। पहिला यसका लागि ल्याब्रोटरी तहको काम हुन्छ। त्यसपछि जनावरमा परीक्षण गरिन्छ। यी सबैमा भ्याक्सिनको प्रयोग सुरक्षित र प्रतिरोधक क्षमता देखिए त्यसपछिको परीक्षण मानिसमा हुनेगर्छ। अक्सफोर्डको शोध मानिसमा परीक्षण गरेर पनि त्यसको निष्कर्ष चरणमा पुगेको हो।

corna vaccineकोरोना भाइरस (कोभिड—१९) भ्याक्सिन विकासमा वैज्ञानिकहरु मानिसमा परीक्षण चरणमा पुगेका छन्। ग्राफिक्सः गार्जियन

बाँदरमा सफलतापछि मानिसमा परीक्षण
भ्याक्सिन विकास गर्ने क्रममा अक्सफोर्ड अनुसन्धानकर्ताले ६ बाँदारलाई कोरोना भाइरसको भारी ‘डोज’ दिनुभन्दा अगाडि उनीहरुलाई भ्याक्सिन दिएका थिए। ‘केही बाँदरको शरीरमा यो भ्याक्सिनबाट १४ दिनमा एन्टीबडी विकसित भएको छ। कुनैलाई त्यस्तो एन्टीबडी विकसित हुन २८ दिन लागेको छ’, एक जना शोधकर्ता भन्छन्, ‘कोरोना भाइरस सम्पर्कमा आएपछि भ्याक्सिनले ती बाँदरलाई फोक्सोमा हानी गर्नबाट बचाएको छ। भाइरसको शरीरलाई आफ्नै कपी उत्पादन गर्न रोकेको छ तर अहिलेसम्म भाइरस नाकमा सक्रिय देखिएको छ।’

भ्याक्सिन विकास गर्न लामो समय लाग्छ। किन भने यसको शोध र परीक्षणले धेरै समय लिन्छ।

लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्रोफेसर डाक्टर स्टेफन इवान्स भन्छन्, ‘बाँदरको परीक्षणमा जुन नतिजा आएको छ त्यो निकै खुशीको कुरा हो। अक्सफोर्डलाई भ्याक्सिन विकास गर्न यो ठूलो अवरोध थियो त्यो अब निकै राम्रोसँग पार भएको छ।’ भ्याक्सिन विकास प्रक्रियामा बाँदरमा गरिने परीक्षणमा प्राप्त सफलतालाई महत्वपूर्ण मान्ने गरिन्छ।

वैज्ञानिक जानकारीअनुसार कतिपय भ्याक्सिन ल्याबको चरणमा बाँदरमा सफल भए पनि मानिसमा सफल हुन सक्दैनन्।

‘भ्याक्सिन विकास क्रममा कुनै नकारात्मक प्रमाण नभेटिनु उत्साहजनक छ’, प्रोफेसर इवान्स भन्छन्। यो भ्याक्सिन १३ मे सम्म स्वेच्छाले करिब एक हजार व्यक्तिमा परीक्षणस्वरुप लगाइसकिएको छ। त्यसको निष्कर्ष आगामी एक महिनाभित्र स्पष्ट रुपमा आइसक्नेछ।

मानिसमा परीक्षणका तीन चरण
भ्याक्सिन विकास क्रममा मानिसमा परीक्षणका तीन चरण हुने गर्छन्। पहिलो चरणमा थैरै संख्यामा गराइन्छ। उनीहरु स्वस्थ भए दोस्रो चरणमा व्यवस्थित रुपमा धेरै जना परीक्षणमा सहभागी हुन्छन्। यो तहमा आइपुगेपछि ‘कन्ट्रोल ग्रुप’ बनाएर पनि परीक्षण गरिन्छ। अक्सफोर्डको भ्याक्सिन विकास परीक्षण करिब यो चरणमा पुगेको हो।

यो चरणमा भ्याक्सिन सुरक्षित भए नभएको पत्ता लाग्नेछ। तेस्रो चरणमा मानिसमा कति ‘डोज’ भ्याक्सिन असरदार हुन्छ भनेर परीक्षण हुनेछ।

यो पनि: यी ६ भ्याक्सिन जसले विश्वलाई बचाउन सक्छन् कोरोनाबाट

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad