कारोबार


विदेशबाट फर्केकालाई पूर्वाधार, साना उद्योग र निर्माण क्षेत्रमा परिचालन गरिने

विदेशबाट फर्केकालाई पूर्वाधार, साना उद्योग र निर्माण क्षेत्रमा परिचालन गरिने

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १२:३,

कोरोना भाइरस महामारीपछि बेरोजगार भएकालाई सरकारले पूर्वाधार, उद्योग र निर्माण क्षेत्रमा परिचालन गर्ने भएको छ।

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशको रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा जानेहरु पनि फर्किने अवस्थामा उनीहरुलाई स्थानीय पूर्वाधार, साना मझौला उद्योग, निर्माण क्षेत्रमा परिचालन गरिने बताइन्।

सीपयुक्त र दक्ष श्रमिक अभावको समस्या सम्बोधन गर्न प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषदका सबै कार्यक्रमलाई एकीकृत रुपमा परिचालन गरिने भएको छ। सबै स्थानीय तहमा घुम्ती तालिम सञ्चालन गरिने, विदेशबाट फर्केका सीपयुक्त युवालाई उद्यम व्यवसाय सुरु गर्न सुरुवाती पुँजी उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै, सरकारलेउत्पादनमूलक रोजगारी सिर्जनाका लागि बेरोजागरलक्षित कार्यक्रम गरिने, रोजगार सेवा प्रणाली स्थानीय तहमा ल्याएकाले व्यवस्थित गरिने जनाएको छ।

श्रम सूचना बैंक स्थापना गरेर रोजगारी दिइने, रोजगारदाता र श्रमिक संगठनबीच असल श्रम सम्बन्ध विकास गरिने र श्रम अडिटलाई व्यवस्थित गरिने भएको छ।

सबैको जीवन सुरक्षित, मर्यादित र गुणस्तरीय बनाउन सामाजिक सुरक्षा र संरक्षण कार्यक्रमलाई एकीकृत रुपमा कार्यान्वयन गरिने, योगदानमा आधारित सामाजिक सुरक्षालाई दिगो बनाइने, सबै श्रमिकलाई यसमा आबद्ध गरिने छ।

असहाय, अपांगता भएका जोकोहीको पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गरिने भएको छ। गरिबी मापन गरी त्यसको अन्त्य गर्न आयआर्जनका कार्यक्रम ल्याइनेछ।

कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने सरकारी प्रतिबद्धता पालना गरिने र बचत रकमको लगत स्थानीय तहबाट अद्यावधिक गरी उत्पादनमूलक कार्यमा परिचालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad