समाज


आयुर्वेदिक उपचारलाई पनि स्वास्थ्य बिमामा समेट्न चिकित्सकको माग

आयुर्वेदिक उपचारलाई पनि स्वास्थ्य बिमामा समेट्न चिकित्सकको माग

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १६:३७, काठमाडौँ

आयुर्वेदिक चिकित्सकहरूले आयुर्वेदिक चिकित्सा उपचारलाई पनि स्वास्थ्य बिमामा समेट्न माग गरेका छन्। 

आजदेखि काठमाडौँमा सुरु भएको आयुर्वेदिक चिकित्सकहरूको राष्ट्रिय भेलामा उनीहरूले आयुर्वेदिक उपचार प्रणालीलाई पनि स्वास्थ्य बिमामा समावेश गर्न माग गरेका हुन्। 

आयुर्वेदिक चिकित्सक संघका पूर्वअध्यक्ष डा. प्रकाश ज्ञवालीले स्वास्थ्य बिमालाई आयुर्वेदिक उपचारमा समावेश नहुँदा बिरामी मर्कामा परिरहेको बताए। ‘आयुर्वेदिक उपचार गराउन धेरै बिरामी आउनुहुन्छ। स्वास्थ्य बिमा नहुँदा उपचार गराउन आउने बिरामीहरू मारमा पर्नु परेको छ,’ डा. ज्ञवालीले भने, ‘सरकारले आयुर्वेदिक चिकित्सालाई पनि स्वास्थ्य बिमामा समावेश गर्ने हो भने धेरै बिरामीलाई राहत पुग्छ।’

आयुर्वेदिक चिकित्सामा धेरै बिरामीको आकर्षण रहेको उनले सुनाए। स्वास्थ्य बिमा नहुँदा उनीहरूले उपचार नै गराउन नसकेको अध्यक्ष ज्ञवालीको भनाइ छ। 

उनले आयुर्वेदिक उपचारका लागि देशभरका तयारी अवस्थामा रहेका ८ शय्याका अस्पताल र पूर्वाधार सरकारले उपयोग नगरेको बताए। डा. ज्ञवालीले भने, ‘पूर्वाधार र शय्या तयारी अवस्थामा छन्, तर सरकारले ओएन्डएम सर्भे नगरेका कारण ति शय्या प्रयोगमा आएका छैनन्, त्यसले आयुर्वेदिक चिकित्सकहरू बेरोजगार हुनु परेको छ।’

यस्तै आयुर्वेदिक चिकित्सक संघका उपाध्यक्ष डा. शकर गौतमले अन्य समूहमा चिकित्सक जस्तै आयुर्वेदिक चिकित्सकलाई पनि समान व्यवहार गर्न आग्रह गरे। आयुर्वेदिक चिकित्सकको सरकारी दरबन्दी १० वर्षदेखि नखुलाईएको भन्दै उपाध्यक्ष गौतमले दरबन्दी नखुलाउँदा आयुर्वेदिक चिकित्सक बेरोगजार हुनु परेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad