ad ad

समाज


लकडाउनको मौकाछोपी कालोबजारी गर्ने २६ पसललाई कारबाही

लकडाउनको मौकाछोपी कालोबजारी गर्ने २६ पसललाई कारबाही

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ६:२६,

लकडाउनको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री गरेको आरोपमा झापाका २६ पसललाई रु चार लाख ४५ हजार जरिवाना गरिएको छ।

लकडाउनको मौका छोपी खाद्य पसलमा हार्डवेयर सामग्री, मदिरा राख्ने, विषादीयुक्त गहुँको बीउ धोइपखाली खाद्यान्नको रूपमा बिक्री गर्न खोज्ने र अनुमति नदिइ जथाभावीरूपमा औषधि पसल सञ्चालन गर्नेलाई जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले जानकारी दिए।

उनले उपभोक्ता संरक्षण ऐन २०७५ मा तोकिएको सबैभन्दा न्यून अंकमा सांकेतिक कारबाहीस्वरुप रु छ हजारदेखि रु एक लाखसम्म जरिवाना गरिएको बताए।

जिल्लाका १५ स्थानीय तहका १५५ पसलमा जिल्ला आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन समितिले अनुगमन गर्दा सबैभन्दा बढी गौरीगञ्ज गाउँपालिका वडा नंं २ मा सञ्चालित रविन खरिद बिक्री केन्द्रका सञ्चालक रविन पोद्दारलाई रु एक लाख जरिवाना गरेको थियो। उनले विषादीयुक्त गहुँको बीउ धोइपखाली गलत उद्देश्यले खाद्यान्नका रूपमा व्यापारिक प्रयोग गरेको अभियोगमा समितिले सो जरिवाना गरेको उनको भनाइ छ।

कोभिड–१९ को संक्रमण फैलिएको अवस्थामा मौका छोपी कालोबजारी र उपभोक्ताको अहित गर्ने उद्योगी तथा व्यापारीमाथि झापामा पहिलोपटक यति धेरै रकम जरिवाना गरिएको उनको भनाइ छ। समितिले केन्द्रको गोदाममा छापा मार्दा धोइपखाली गरेर बेच्नका लागि तयारी गरिएको विषादीयुक्त सात बोरा (२८० केजी) गहुँको बीउ बरामद गरी जनप्रतिनिधि र प्रशासनको रोहवरमा आगो लगाइ नष्टसमेत गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .