ad ad

कारोबार


जापानमा नेपाल एयरलाइन्सका तीन चार्टर्ड उडान

जापानमा नेपाल एयरलाइन्सका तीन चार्टर्ड उडान

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ६:१४,

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले शुक्रबार जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ।

नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो।

निगमको वाइडबडी जहाज शुक्रबार राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उड्ने तालिका रहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए।

उनका अनुसार २५० यात्रु लिएर नारिता उड्ने वाइडबडी जहाज भोलिपल्ट काठमाडौँ फर्कनेछ। काठमाडौँ–नारिता गन्तव्यको उडान करिब साढे सात घण्टाको हुनेछ। निगमको नारिता चार्टर्ड उडान दोस्रोपटक हो। यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो।

निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ। आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्दैछ। निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्कँदा रित्तै हुनेछन्। निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एन्ड ट्राभल्स प्रालिले काठमाडौँ–नारिता (जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो। कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ। निगमले जापानसहित नौ गन्तव्यमा आफ्ना दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .