ad ad

खेल


लकडाउनको नियम उल्लंघन गरेको आरोपमा अग्सबर्गका प्रशिक्षकलाई एक खेलमा प्रतिबन्ध

लकडाउनको नियम उल्लंघन गरेको आरोपमा अग्सबर्गका प्रशिक्षकलाई एक खेलमा प्रतिबन्ध

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ६:३४,

जर्मन बुन्डेस लिगा क्लब अग्सबर्गका नवनियुक्त प्रशिक्षक हेयिको हेरलिचलाई लकडाउनको नियम उल्लंघन गरेको आरोपमा एक खेलमा प्रतिबन्ध लगाइएको छ।

क्वारेन्टिनको नियम तोड्दै दन्त मन्जन किन्न होटल बाहिर निस्केपछि उनलाई क्लबले एक खेलमा निलम्बन गरेको हो।

लिग सुरु हुने दिन नजिकिँदै गर्दा क्लवका सबै टोली एक होटलमा क्वारेन्टिनमा रहेका छन्। उनले आफ्नो गल्ती स्वीकार गर्दै सजाय मान्ने बताएका छन्। उनी खेलअघि टोलीको प्रशिक्षणमा समेत सहभागी हुने छैनन्।

प्रशिक्षक हेरलिचको अबको २ वटा कोरोना परीक्षण नेगेटिभ आएपछि मात्र उनी टोलीको प्रशिक्षणमा सहभागी हुनेछन्। अग्सबर्र्गले शनिबार वल्फ्सवर्गको सामना गर्दैछ।

अग्सबर्ग बुन्डेस लिगाको १४औं स्थानमा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .