मोरङको एक विद्यालयका दुई जना शिक्षक र सवारी चालक विद्यालयका छात्राहरूमाथ दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
सुन्दरहरैचा नगरपालिका-१० खोर्सानेमा रहेको सुकुना माध्यमिक विद्यालयका शिक्षक सुन्दर हरैचा- २ बस्ने ३० वर्षीय किशोरलाल गच्छदार र सोही नगरपालिका १२ का ३५ वर्षीय अबिरल मास्के पक्राउ परेका हुन्।
यस्तै, सुन्दर हरैचा १२ कै ४० वर्षीय प्रदीप भट्टराई (सवारी चालक) लाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
सुकुना माध्यामिक विद्यालयका विद्यार्थीहरूले शिक्षकहरूले दुर्व्यवहार गरेको भन्दै शिक्षकविरुद्ध प्रदर्शन तयारी गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्न सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
साथै उक्त घटनामा अनुसन्धान पश्चात अन्य व्यक्तिहरू समेत संलग्न रहेको खुल्न आएमा कानून बमोजिम कारबाही हुने चेतावनी दिँदै प्रहरीले यस सम्बन्धमा सामाजिक सञ्जालहरुमा अनावश्यक टिप्पणी नगरिदिन अनुरोध गरेको छ।
घटनाबारे अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया