समाज


स्वास्थ्य संस्था सञ्चालन मापदण्डमा निजी क्षेत्रको असन्तुष्टि, सुधारका लागि छुट्टै प्रतिवेदन

स्वास्थ्य संस्था सञ्चालन मापदण्डमा निजी क्षेत्रको असन्तुष्टि, सुधारका लागि छुट्टै प्रतिवेदन

नेपालखबर
साउन ४, २०८३ सोमबार १८:४४, काठमाडौँ

सरकारले बनाएको स्वास्थ्य संस्था सञ्चालन तथा स्तरोन्नति मापदण्ड निजी अस्पतालमैत्री नभएको निजी अस्पतालहरूको छाता संगठन (अफिन) ले जनाएको छ। 

अफिनले स्वास्थ्य संस्था सञ्चालन तथा स्थापना स्तरोन्नति मापदण्ड २०७० र संशोधित मापदण्ड २०७७ लाई व्यापक परिमार्जन गर्नुपर्नेमा जोड दिएको छ। अफिनले तयार गरेको सुझावसहितको प्रतिवेदनमा सरकारले बनाएको अस्पतालसम्बन्धी मापदण्डमा निजी अस्पतालमैत्री नभएको उल्लेख छ। 

अफिनका अध्यक्ष पद्म खड्काले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बनाएको मापदण्ड अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार गरिएको बताए। उनले १३ वटा नीतिगत सुझाव र ५४ वटा मापदण्ड सुधार गर्न प्रतिवेदन तयार पारिएको जानकारी दिए। 

‘सरकारले बनाएको स्वास्थ्य संस्था सञ्चालन मापदण्डमा धेरै कमजोरी पाएका छौँ। मापदण्ड स्वास्थ्य संस्थामैत्री नै छैनन्। त्यसकारण हामीले मापदण्ड अध्ययन समिति बनाएका थियौँ,’ अध्यक्ष खड्काले थपे, ‘समितिले सुझाव प्रतिवेदन तयार पारेर बुझाएको छ, हामी अध्ययन गरेर केही दिनमा सार्वजनिक गछौँ।’

सरकारले बनाएको मापदण्डमा अस्पतालहरूमा संक्रमण नियन्त्रण गर्ने एकाइ हुनुपर्ने नै नरहेको उनले बताए। ‘अस्पतालमा हुने संक्रमण नियन्त्रण गर्ने युनिट निकै आवश्यक हुन्छ, सरकारले बनाएको मापदण्डमा त्यो उल्लेख नै छैन्,’ खड्काले भने, ‘मापदण्डका विषयमा स्वास्थ्य मन्त्रालयसँग पटक पटक चर्काचर्की नै पर्‍यो तर हामीले भन्न खोजेको मन्त्रालयले कहिल्यैँ बुझेन त्यसकारण पनि हामीले अस्पतालमैत्री मापदण्ड चाहियो भनेर प्रतिवेदन तयार पारेका हौँ।’

अस्पतालको भौतिक पूर्वाधार कस्तो हुनुपर्ने, जनशक्ति कति हुनुपर्ने, उपकरण कति चाहिने जस्ता विषयमा प्रतिवेदनमा समेटिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad