कला


लोकदोहोरी अवार्ड: उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

लोकदोहोरी अवार्ड: उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

नेपालखबर
साउन ३, २०८३ आइतबार २१:३५, काठमाडौँ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिको आयोजनामा हुने ‘गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड, २०८३’ का लागि उत्कृष्ट पाँच कलाकार मनोनयनमा परेका छन्। 
    
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापामगर, उपत्यका समितिका अध्यक्ष प्रसाद लामिछानेसहितको उपस्थितिमा आज निर्णायक समितिका संयोजक एवं पूर्वकेन्द्रीय अध्यक्ष दुर्गा रायमाझीको नेतृत्वको छनोट समितिले हरेक विधातर्फ रचनाका बोल, शब्द र सम्पादनसहित विभिन्न २४ विधामा १२० उत्कृष्ट कलाकार छनोट गरेको हो। 
    
समन्वय समितिका उपाध्यक्ष राजेश ढकालका अनुसार आगामी भदौ ६ गते काठमाडौँमा हुने ‘अवार्ड’ मा स्रोता दर्शकको ‘भोटिङ’ र निर्णायक समितिको निर्णयका आधारमा हरेक विधामा एक/एक सर्वाेत्कृष्ट घोषित हुनेछन्। प्रतियोगिताका लागि मुलुकभरबाट आवेदन परेको थियो।

अवार्डअन्तर्गत २०८०–२०८२ सम्मको ‘सर्वाेत्कृष्ट लोकदोहोरी गायक’तर्फ खेम सेन्चुरी (तल्लो बाटो), सागर आले (युके बस्ने दाई), प्रकाश दुतराज (छैन र माया), अर्जुन सापकोटा (झलीको), कुशल बेल्वासे (काँचो सुपारी), ‘सर्वाेत्कृष्ट लोकदोहोरी गायिका’तर्फ शान्ति श्री परियार (जुनेली रातै रातैमा), शान्ता रानी परियार (स्याउली बजारमा), दिपिका ब्यम्बो मगर (कस्मिरे पछेउरी), कालिका रोका (देउरालीलाई फूलपाति धजा), निशा गुरुङ (युके लन्डनको) उत्कृष्ट पाँचमा परेका छन्।  
    

‘सर्वाेत्कृष्ट लोक दोहोरी नवगायक’ मा शीतल गुरुङ (भागौला त्रिशूली तरेर), किरण विसी (गोर्खाली), रायन बस्याल (घामपानी छाता), सुरेश अन्जान (हिमाली फूल), अनिल पुनमगर (गुन्युचोली) ‘सर्वाेत्कृष्ट लोक दोहोरी नवगायिकातर्फ निर्मलादेवी बस्नेत (तिम्लाइ पछेयौरी किन्दिउला), सिम्रन परियार बैनीको कहाँ पर्यो घर), शान्ति शिरिष मगर (युके बस्ने दाई), सीमा नेपाली (जयजय होस्), गरिमा कार्की (अन्त नभने) उत्कृष्ट पाँचमा छानिएका छन्।
    
‘सर्वाेत्कृष्ट लोकदोहोरी शब्द’तर्फ नेत्र अर्याल (तल्लो बाटो), सन्तोष सापकोटा (झलीको), विक्रमबाबु विश्वकर्मा (गण्डकी), सुरेश रानामगर (युके बस्ने दाई), दीपक अधिकारी (म त तिम्रो होइन मायालु), ‘सर्वाेत्कृष्ट लोक दोहोरी लय’ तर्फ अर्जुन सापकोटा (झलीको), गोविन्द पङ्गेनी (भागौला त्रिशूली तरेर), एचबिएन किस्मत (खोली सलल), नन्दु परियार (स्याउली बजारमा), अशिम चन्द विश्वकर्मा (गण्डकी) छानिएका छन्।
    
‘सर्वाेत्कृष्ट लोकदोहोरी गीत’ मा विनोद बाजुराली (हियारै), सुदीप अधिकारी (घुमाउने घर पोखरामा), सूर्य खड्का (पचास तिरको), कोमल नेपाली (स्याउली बजारमा), खुसी गुरुङ (हङकङको चिनो) छनोटमा परेका छन्।

‘सर्वाेत्कृष्ट लोक गीत’ मा बालकुमार श्रेष्ठ (जप्दै नाम आमा), घनश्याम रिजाल  (साथी), शम्भु कुँवर (तम्रो त यो दुनियाँ छ) सुरेश खत्री (ए आमा),  दुर्गामाया गुरुङ (उहीसँग दिल बस्यो हजुर) तथा ‘सर्वाेत्कृष्ट लोक दोहोरी गीत नायक नृत्य’ मा लोमश शर्मा (गोर्खे खुकुरी), गोविन्द पहाडी (नजर तेतै छ), बबिनसिंह ठकुरी (गुन्युचोलीमा), विजय पुन (युके बस्ने दाई), अनिल पौडेल (माया आउने बसमा) छनोटमा रहेका छन्।
    
यस्तै ‘सर्वाेत्कृष्ट लोकदोहोरी गीत नृत्य नायिका’, ‘सर्वाेत्कृष्ट लोकदोहोरी गीत नृत्य निर्देशक’, ‘सर्वाेत्कृष्ट लोकदोहोरी गीत अभिनय नायक’ ‘सर्वाेत्कृष्ट लोकदोहोरी गीत अभिनय नायिका’ आदि विधामा उत्कृष्ट पाँच छनोट भएका छन्। अन्य विधामा मिक्सिङ मास्टरिङ, गीत एरेन्ज, छायाङ्कन, सम्पादन, परम्परागत गीत, प्रतियोगी गायिका, दोहोरी साँझ गायक गायिका रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad