ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिका–५ नेभारे बस्ने बेद बहादुर सुनुवारको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यता, भोजपुरको भोजपुर नगरपालिका–३ भानेस्वारा बस्ने रवि बहादुर खड्काको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन्।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको लछ।

प्रतिक्रिया