समाज


शुक्रबार र शनिबार देशका धेरै स्थानमा चट्याङ, हुरी र असिनासहित वर्षा हुने सम्भावना

शुक्रबार र शनिबार देशका धेरै स्थानमा चट्याङ, हुरी र असिनासहित वर्षा हुने सम्भावना

नेपालखबर
चैत १२, २०८२ बिहिबार १०:३७, काठमाडौँ

शुक्रबार र शनिबार देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा  मौसम विज्ञान विभागले जनाएको छ। 

आज (बिहीबार) बिहान सूचना जारी गरी मौसम विभागले शुक्रबार र शनिबार देशव्यापी वर्षा तथा हिमपात हुने जानकारी दिएको हो। 

यस्तो छ मौसम विभागको प्रक्षेपण:

चैत १३ गते शुक्रबार : कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्था तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/ हिमपातको सम्भावना छ।

चैत १४ गते शनिबार : कोसी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।

आज (बिहीबार) भने दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।

अनि आज राति कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। 

यसैबिच आज काठमाडौँ उपत्यकामा भने पानी पर्ने सम्भावना कम रहेको मौसम महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए।

'आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कम देखिएको छ', उनले नेपालखबरसँग भने, 'भोलिचाहिँ वर्षाको सम्भावना अलि बढी छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad