भदौ २३ र २४ गतेको घटनामा २४ जनाको भने आन्दोलनकारीतर्फबाटै ज्यान गएको जाँचबुझ आयोगको प्रतिवेदनले औँल्याएको छ। जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो।
ती मध्ये एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिएको प्रतिवेदनमा उल्लेख छ। आन्दोलनकारीको कुटपिटबाट तीन प्रहरीको मृत्यु भएको थियो। ब्यापारिक तथा निजी भवनमा जलेको अवस्थामा ५ जनाको मृत्यु भएको थियो।
निजी प्रतिष्ठानमा काम गर्ने कर्मचारी र सर्वसाधारण गरी ३ जनाको पनि आन्दोलनकारीको आगलागीमा परेर मृत्यु भएको उल्लेख छ। हायात होटलमा भारतीय नागरिको मृत्यु भएको थियो। भाटभटेनीमा जलेको अवस्थामा फेला परेका १२ जनाको भने अझै सनाखत हुन सकेको छैन।
प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको थियो। १० जना कैदीबन्दीको भाग्ने क्रममा गोली प्रहारबाट ज्यान गएको थियो।
यी मध्ये तीन प्रहरी र प्रहरीको गोली लागि ज्यान गुमाएका ४२ जनालाई सरकारले सहिद घोषणा गरेको छ।
प्रदर्शनको क्रममा २ हजार ५२२ जना घाइते भएका थिए।
Shares

प्रतिक्रिया